[ad_1]

आज विश्व साक्षरता दिवस । यो दिवस सन् १९६५ बाट युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरमा मनाउने घोषणा गरेको थियो । विश्वभर शैक्षिक संघ संस्थाहरूले साक्षरता दिवसलाई आ-आफ्नै तरिकाले मनाउने गर्दछन् । संसारमा भएका सम्पूर्ण मानिसहरू साक्षर हुन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो भने यसको लागि काम गर्नु हरेक राज्यको दायित्व पनि हो ।

मानवलाई साक्षरताले उसको परिचय र संस्कारलाई वृद्धि गर्दै लैजान्छ । आज सिङ्गो विश्वमा अक्षर र अङ्कको महत्व बढिरहेको छ । शिक्षाको उज्यालो मानवका लागि एकदमै जरूरी छ । त्यसैले हरेक मानिसमा अक्षरको ज्ञान हुनुपर्छ । लेख्न मन लागेको कुरा लेख्न सक्ने र पढ्न मन लागेको कुरा पढ्न सक्ने क्षमता हरेक नागरिकमा हुनुपर्छ । अक्षरले भावना र जानकारी दर्शाउँछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्शाउँछ ।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस । एकपटक परिकल्पना गरौं त, हामीले सावाँ अक्षर लेख्न नजानेको भए यो संसार कति असहज हुन्थ्यो होला । हामीलाई कथा, कविता, रुपैयाँ पैसा, सूचना लगायत केही पनि कुराहरू सहज र सरल तरिकाबाट बुझ्न असहज हुने थियो ।

अहिलेको एकाइसौं शताब्दीको आधुनिक विश्वमा शिक्षा र साक्षरताको आधारभूत अधिकार भन्ने गरिन्छ । तर केही अनुसन्धानहरूले यो बताएको छ कि आज पनि विश्वमा ७७ रोडभन्दा बढी जनसंख्या सामान्य लेखपढ गर्न पनि सक्दैनन् । आज पनि हामी धेरै मानिसहरू निरक्षर भएका सहजै भेट्छौं ।

आजको एक्काइशौं शताब्दीमा शिक्षालाई मानिसको मौलिक हकको रूपमा लिइने गरिन्छ । ग्लोबल मनिटरिङ्गले गरेको एक अनुसन्धान अनुसार सिङ्गो विश्वमा भएका प्रत्येक ५ जना मानिस मध्ये १ जना पुरुष र २ तिहाई महिला निरक्षर भएको आंकडा छ ।

आज पनि गाउँमा मात्र होइन, शहरका पनि धेरै बालबालिकाहरू पनि विद्यालयको पहुँचबाट टाढै छन् । अझ पश्चिमी र दक्षिणी एशिया लगायतका देशमा साक्षरता दर असाध्यै कमजोर छ ।

आज पनि गाउँमा मात्र होइन, शहरका पनि धेरै बालबालिकाहरू पनि विद्यालयको पहुँचबाट टाढै छन् । अझ पश्चिमी र दक्षिणी एशिया लगायतका देशमा साक्षरता दर असाध्यै कमजोर छ ।

यतिबेला कोभिड–१९ को माहामारीको प्रभावले गर्दा नेपाल होइन, विश्वका कयौं राष्ट्रहरूमा शैक्षिक संघ संस्थाहरू सञ्चालन हुन सकेका छैनन् । केही शैक्षिक संघ संस्थाहरूले अनलाइन कक्षामार्फत् विद्यार्थीहरूलाई अध्ययन अध्यापन गराइरहेका छन् भने धेरै बन्द भएर बसेका छन् । अझ नेपाल जस्तो देशमा त अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन ।

नेपालमा पौढ शिक्षालगायत अन्य कार्यक्रमलाई निरन्तरता दिन अत्यन्तै आवश्यक छ । शिक्षा के बालक के वृद्ध सबैलाई आवश्यक छ । खरिपाटी, धुलेपाटी, कालोपाटी मात्र नभएर स्लेटसम्म प्रयोग गरेका पुस्ताहरू हामीसँग अहिले पनि छन् । घरका भित्ता भित्तामा झुण्ड्याएर राखिएका चार्टहरूमा ‘क’ बाट कलम ‘ख’ बाट खरायो, खरायोको सिङ छैन कता हरायो पढेकादेखि कम्प्युटबाट अक्षर चिन्ने प्रशस्तै छन् ।

यति मात्र कहाँ हो र ? कालो अक्षर भैंसी बराबर भनेझैं लेख्न पढ्न नजानेका अनि शैक्षिक संघ संस्थासम्म जानलाई नसक्नेहरू र औँठाछाप लगाउने मानिसहरू पनि आजको एकाइसौं शताब्दीमा बाक्लै पाइन्छ ।

साक्षरता वास्तवमै आफूलाई आफैंले देखाउने एक प्रकारको आँखा हो । साक्षरताले मानिसलाई सम्मानित जीवन भोगाइको सत्मार्ग देखाइदिने गर्दछ । आजको विज्ञान र प्रविधिको विकासको उत्कर्षमा पुगेको जमाना ज्ञान र विज्ञानमा आधारित विश्व हो । आफ्ना नागरिकलाई निरक्षर राख्नु भनेको राज्यको कमजोरी हो, असफलता हो ।

राज्यको एउटा हिंस्सा हामी नागरिक पनि हौं । हामी सबैले आफ्नो तह र तप्काबाट के कसरी सिङ्गो विश्वमा भएका सम्पूर्ण मानिसहरूलाई साक्षर बनाउन सक्छौं, भरपुर कोसिस गरौं । यसमा नै सबैको भलो हुन्छ ।

मन्थली-४, सालु, रामेछाप

[ad_2]

साभार

सम्बन्धित खवर