[ad_1]

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ प्रिमियर इन्टरनेशनल आईबी वर्ल्ड स्कुलको स्पोर्ट्स एम्बासडर बनेका छन् ।

प्रिमियर स्कुलले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै किरणलाई एम्बासडर नियुक्त गरेको हो । उनलाई प्रिमियर स्कुलका वसन्त थापाले ब्रान्ड एम्वासडरको सम्झौता पत्र प्रदान गरे । कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि उपस्थित थिए ।

किरणले यसै साता भारतविरुद्वको दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा दुवै खेल खेल्दै राष्ट्रिय टोलीबाट सर्वाधिक क्याप जित्ने कीर्तिमान बनाएका थिए । किरणले राष्ट्रिय टोलीबाट सन् २००८ मा डेब्यु गरेका थिए भने सन् २०१८ यता कप्तानी गर्दै आएका छन् ।

किरणले प्रिमियर स्कुलसँग आवद्धतासँगै अब स्तरीय शिक्षासँगै नेपालका लागि प्रतिभावान फुटबल खेलाडी उत्पादन गर्नेमा विश्वस्त रहेको बताए । एन्फा अध्यक्ष शेर्पाले अबको लक्ष्य युवा फुटबल विकास रहेकाले स्कुल फुटबललाई प्रोत्साहन गर्न आफू सकारात्मक रहेको बताए ।

किरण अब राष्ट्रिय टोलीसँग शुक्रबार कतार प्रस्थान गर्नेछन् । राष्ट्रिय टोलीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिप अघि कतारमा बन्द प्रशिक्षण गर्दैछ ‌‌। प्रतियोगिता राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

[ad_2]

साभार

सम्बन्धित खवर