[ad_1]

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय खेल भलिबलको फ्रेन्चाइज लिग आयोजना नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिले गर्ने भएको छ ।

नेपाल भलिबल संघले महिला र पुरुष भलिबलको फ्रेन्चाईज लिग नेपाल सुपर लिग भलिबल आयोजना गर्न १० वर्षको सम्झौता गरेको छ । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान–प्रदान गरे ।

अब नेपाल सुपर लिग (एनएसएल) भलिबलको नामले लिगको आयोजना हुनेछ । पहिलो संस्करण आगमी नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म आयोजना गर्ने लक्ष्य छ । दोस्रो संस्करण होम एन्ड अवे गर्ने लक्ष्य पनि छ ।

संघले प्रतियोगिताको लागि प्राविधिक सहयोग गर्नेछ । संघले प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत थप सहयोग पनि पाउनेछ । यस्तै नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल भलिबल संघले आयोजना गर्ने महिला तथा पुरुष एनभिए क्लब च्याम्पियनसिपको लागि सहयोग गर्नेछ ।

सम्झौतापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रेयता कारकि चौधरीले यो प्रतियोगिताले भलिबललाई थप सफलता मिल्ने र अझै उत्कृष्ट प्रतियोगिता गर्दै जाने बताईन् । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाईज खुकुरी नेपाल सुपर लिग (एनएसएल) आयोजना गरेको थियो । नेपाल स्पोर्ट्स म्यानेजमेन्टले फुटबलसँगै भलिबल र क्रिकेटमा पनि फ्रेन्चाइज लिग आयोजना गर्ने तयारी गरेको छ ।

एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाईजको घोषणा गर्ने तयारी थियो । तर कोभिडको कारण तत्कालिन समयमा भलिबलको फ्रेन्चाईज लिग घोषणा हुन सकेको थिएन ।

[ad_2]

साभार

सम्बन्धित खवर