पोर्न सामाग्री बनाउने र बिक्री गर्ने सुराक पाएसँगै राज कुन्द्रालाई जसै मुम्बई प्रहरीले पक्राउ ग¥यो, भारतिय मिडियामा ठूलो हलचल पैदा भयो ।

राज कुन्द्रा सामान्य व्यक्ति हुँदो हो त यो मुद्दा यति सनसनीपूर्ण बन्ने थिएन । किनभने उनको नामसँगै बलिउड जोडिएको छ । अभिनेत्री शिल्पा शेट्टीको श्रीमान भएको नाताले पनि उनको यो कृत्यले तुफान ल्याएको हो । तर, उनी शिल्पा सेट्टीका श्रीमान मात्र पनि होइनन्, भारतका नामी व्यवसायी एवं धनाड्य पनि हुन् । आइपिएलका एक टिमका सह-मालिक उनी ठूलो कारोबारीमा गनिन्थे ।

शिल्पाको आदर्श परिवारको सत्य

शिल्पा सोशल मिडियामा एकदमै सक्रिय छिन् । उनलाई श्रीमान राजले पनि साथ दिने गरेका छन् । उनीहरुको दुई साना बच्चा छन् । हाँसीखुसी परिवार ।

उनीहरुको परिवार भारतको मध्यमबर्गका लागि एक आदर्श परिवार देखिन्छन् । भव्य घर, आरमदायक गाडी, मनग्ये ब्याङ्क ब्यालेन्स । इन्स्टाग्राममा भिडियो बनाउने समय छ, देश–विदेश घुम्ने फुर्सद छ । साथसाथै पैसा पनि ।

अर्थात उनीहरुसँग ति सबैकुरा छ, जो भारतका हरेक परिवारको सपना हो । उनीहरुलाई देखेर मान्छेहरुले भन्दा हुन्, ‘जिन्दगी भनेको त यस्तो होस् ।’ शानदार र सुखद परिवार ।

त्यती मात्र होइन, शोसल मिडियामा शिल्पा शेट्टी र राज कुन्द्रा हाँसोठट्टा गरिरहेको भिडियो देख्दा मान्छेहरुलाई लाग्छ, श्रीमान र श्रीमती त यस्तो हुनुपर्छ । किनभने शोसल मिडियामा यिनीहरु आफ्नो जीवनको हरेक पलमा आनन्द लिइरहेका देखिन्छन् । तर, बाहिर देखिए जस्तो संसार हुँदैन ।

गुपचुप गुपचुप राज कुन्द्रा पोर्न फिल्म बनाइरहेका रहेछन् । मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको छ । भारतमा उनी अश्लिल भिडियो तयार गर्ने र विदेशमा विक्री गर्ने गरेको प्रहरीले सुराक पाएको छ ।






यो पनि पढ्नुहोस
शिल्पा सेट्टीका श्रीमानमाथि पोर्न फिल्म बनाउने र बेच्ने आरोप, मध्यरातमा पक्राउ

राज कुन्द्रा माथि आरोप

राज कुन्द्राले केही ओटिटी प्लेटफर्म र मोबाइल फोन एप्सका लागि अश्लील फिल्म बनाएर लाखौं रुपैया कमाए । पैसाप्रतिको यो मोह कमी भएन अन्तत उनी प्रहरीको फन्दामा परे ।

यस विषयमा शिल्पा सेट्टीमाथि पनि खोजतलास गर्न सक्नेछ । यि सबै देखेपछि मान्छेलाई लाग्नेछ, सबैकुरा भएर पनि उनीहरुलाई यस्तो धन्दा चलाउन के जरुरी थियो ?

राज कुन्द्राले जे कृत्य गरे, त्यसले उनका श्रीमती शिल्पा र परिवारलाई पनि अप्ठ्यारो स्थितीमा पु¥याइदिएका छन् ।

राज कुन्द्राको धन्दा

मुम्बई पुलिसको क्राइम ब्रान्चले यसै बर्षको फेब्रुअरी अश्लील फिल्म बनाउने र त्यसलाई एक मोबाइल फोन एपमा अपलोड गरेको आरोप ९ जनालाई पक्राउ गरेको थियो । यहीबाट राज कुन्द्राको धन्दाबारे प्रहरीले सुँइको पाएको हो ।

अघिल्लो रात मुम्बई प्रहरीले राज कुन्द्रालाई सोधपुछका लागि बोलायो । सोधपुछपछि उनलाई पक्राउ गरियो । प्रहरीका अनुसार राज कुन्द्रा र उनका टिमले महिलालाई वेब सिरिजमा रोल दिने लोभ देखाउथे र उनीहरुलाई अश्लिल काम गर्न लगाउथे ।

राज कुन्द्रासँगै जति जना पक्राउ परेका छन् उनीहरुमध्ये केही स्ट्रिमिङ प्लेटफर्मका मालिक पनि हुन्, जसको सब्सक्रिप्सन लिएर मान्छेले अश्लील फिल्म हेर्न सक्थे । यस्तै एक स्ट्रिमिङ प्लेटफर्मसँग राज कुन्द्राको पनि कनेक्सन छ । यसै आधारमा उनी पक्राउ परे ।

गएको बर्ष राज कुन्द्राको नाम यस्तै काण्डमा जोडिएको थियो । त्यो मुद्दा अदालतमा पुगेको छ । त्यसबेला भने उनले जमानतमा उम्कन पाएका थिए । आउने हप्ता अदालतमा त्यसको फैसला हुँदैछ ।

यदि राज कुन्द्रामाथि लगाइएको आरोप सत्य ठहरिएमा उनलाई पाँच बर्षको जेल सजाय हुनसक्छ । साथै भारु दश लाख रुपैयाँको जरिवाना तिर्नुपर्ने हुन्छ ।

घटनाको सिलसिला

यसै बर्षको फेब्रुअरीमा मुम्बई प्रहरीले अभिनेत्री गहना वशिष्ठलाई अश्लिल फिल्म बनाउने र यसलाई मोबाइलमा अपलोड गर्ने आरोपमा पक्राउ ग¥यो । पाँच महिना जेलमा बसेपछि गहना वशिष्ठ जमानतमा छुटिन् ।

गहना वशिष्ठसँग उमेश कमात नामको एक व्यक्ति पनि पक्राउ परेका थिए, जुन कुनैबेला राज कुन्द्रको एक कम्पनीमा काम गरेका थिए । प्रहरीले सोधपुछ गरेपछि यो धन्दामा राज कुन्द्रा पनि संलग्न भएको उनले कुरा चुहाए ।

जब प्रहरीले जाँच अगाडि बढाए तब थाहा भयो कि यिनीहरु अश्लिल फिल्म बनाएर त्यसलाई एक मोबाइल एपमा अपलोड गर्थे, जसका मालिक थिए राज कुन्द्रा ।

यस एपमा अपलोड भएको अश्लील कन्टेन्ट विदेशमा देखाउने जिम्मा केनरिन लिमिटेड नामको कम्पनीसँग थियो । उक्त कम्पनीको मालिकको नाम प्रदीप बख्शी हुन् उनी राज कुन्द्राका नातेदार हुन् ।

प्रहरीका अनुसार भारतको कानुनबाट बच्नका लागि उनीहरुले यस कम्पनी ब्रिटेनमा दर्ता गराएका थिए ।

राज कुन्द्राको भनाई अनुसार यस एप उनले २५ हजार डलर अर्थात भारु १९ लाख रुपैयाँमा केनरिनका मालिक प्रदीप बख्सीलाई बेचिसकेका छन् ।

तर, राज कुन्द्राले भारतको कानुनबाट उम्कनका लागि मात्र यो एप बिक्री गरेको दावी गरिरहेको पाइन्छ । किनभने यस एपको मार्केटिङको जिम्मेवारी राज कुन्द्राको कम्पनी आम्र्स प्राइम मिडया प्राइभेट लिमिटेडसँग छ । प्रहरीका अनुसार राज कुन्द्राको अश्लील फिल्म स्ट्रीमिङ गर्ने यस ऐपबाट हरेक दिन भारु दुईदेखि तीन लाख रुपैयाँसम्म कमाई गर्थे ।

यस एपको बिक्री र त्यसबाट हुने मुनाफामा निगरानी राख्नका लागि राज कुन्द्राले एचएस नामबाट वाट्सऐप ग्रुप पनि बनाएका थिए, जसको एडमिन स्वयम् राज कुन्द्रा थिए । केनरिन लिमिटेडका मालिक प्रदीप बख्शी पनि यस वाट्सऐप ग्रुपका एक सदस्य थिए ।

यही ह्वाट्सएप गु्रपका केही च्याट पनि बाहिरिएको छ । त्यसमध्ये एक च्याटमा राज कुन्द्राले यसको मुनाफाप्रति खुसी व्यक्त गरेका छन् । जब घाटा लाग्न थालेको छ, तब चिन्ता व्यक्त गरेका छन् ।

आरोप छ, राज कुन्द्राले यो अश्लील फिल्म धन्दाका लागि आठदेखि दश करोड रुपैयाँको लगानी गरेका छन् । उनले यो कारोबारलाई अरु अगाडि बढाउन चाहन्थे ।

यसै मुद्दामा आरोपी गहना वशिष्ठका अनुसार उनी राज कुन्द्रासँग मिलेर अश्लिल फिल्म होइन, केवल एक कन्टेन्ट बनाउन चाहिन्थन् । यो एडल्ट कन्टेन्ट हुन्थ्यो र १८ बर्षभन्दा माथिकाले हेर्न सक्थे । उनी भन्छिन्, यदि उनको कन्टेन्ट अश्लिल हो भने टेलिभिजन उद्योगका ठूला ठूला निर्मातामाथि पनि कारवाही हुनुपर्छ ।

राज कुन्द्रा जसले नेपाली पश्मिनाबाट भाग्य चम्काए

 

राज कुन्द्राका पिता बालकृष्णन कुन्द्रा केही बर्ष पहिले लन्डन गएका थिए । उनी सुरुमा कटन उद्योगमा काम गरे । त्यसपछि बसको कन्डक्टर बने । लन्डनमा नै राज कुन्द्राको जन्म भयो । १८ बर्षको उमेरमा राज कुन्द्रालाई उनका पिताले आफु स्वयम् काम गर्ने सल्लाह दिए । त्यसपछि पिताको पैसा लिएर उनी दुबई गए, फेरी नेपाल आए । उनलाई पश्मिना सलको व्यापार गर्ने आइडिया आयो । राज कुन्द्राको व्यवसायिक दौड नेपालबाट सुरु हुन्छ । सन् १९९४ मा उनी नेपाल आए । एक कन्टेनर पश्मीना शल लगे । उक्त शल ब्रिटिश फेशन हाउसमा सप्लाई गरे । पहिलो बर्षमा नै उनले करिब दुई करोड पाउन्डको फाइदा कमाए ।

यसरी सुरु भएको व्यापार घरजग्गा कारोबार हुँदै विभिन्न क्षेत्रमा फैलाए । दुबईबाट हिराको व्यापार गरे । धनीमानी भए ।

उनले अभिनेत्री शिल्पा शेट्टीसँग विवाह गरे । यो उनको दोस्रो विवाह थियो । उनीहरु आइपिएलको एक टिम राजस्थान रोयल्सको मालिक बने । तर, पछि आइपिएलमा सट्टेबाजी गरेको आरोपमा उनको टिमलाई दुई बर्षको प्रतिबन्ध लगाइयो । केही समयपछि उनले राजस्थान रोयल्सको आफ्नो हिस्सा बिक्री गरे ।

शिल्पा र कुन्द्राले अर्को कम्पनी चलाए, सतयुग गोल्ड प्राइभेट लिमिटेड नामको । यस कम्पनीले विदेशमा रहेका भारतियलाई ठगी गरेको आरोप लाग्यो । २०१५ मा राजले बेस्ट डिल टिभी नामको एक टेलिभिजन च्यानल सुरु गरे, जो पछि बन्द भयो । राजको लागि व्यवसायिक दौड त्यती सजिलो भने थिएन । उनले केवल भारु डेढ लाखको पूँजीबाट आफ्नो व्यापार सुरु गरेका थिए ।



साभार

सम्बन्धित खवर