एजेन्सी – इंग्ल्यान्डका युवा ओपनर हसिब हमिदले काउन्टी सेलेक्ट इलेभेनबाट भारतविरुद्ध थ्रि डे अभ्यास खेलमा शतक प्रहार गरेका छन् । दोस्रो दिन काउन्टीले पहिलो इनिङमा ८२.३ ओभरमा ९ विकेट गुमाउँदै २ सय २० रन बनाउँदा खेल सकिएको छ । समग्रमा काउन्टी इलेभेन ९१ रनले पछि छ । तेस्रो दिन के्रग मिल्स र आवेश खानले ब्याटिङ गर्ने छन् ।

भारतको उत्कृष्ट बलिङ आक्रामण सामू खराब सुरुवात गरेको काउन्टी इलेभेनलाई ओपनर हसिब हमिदले २ सय ४६ बलमा १३ चौका सहित १ सय १२ रनको शतकीय इनिङ खेले । हसिब भारतसँगको पाँच टेस्ट सिरिज अन्तर्गत सुरुवाती दुई खेलमा इंग्ल्यान्डको सिनियर टोलीमा पनि छन् । सन् २०१६ मा हसिबले भारतविरुद्धनै टेस्टमा डेब्यू गरेका थिए । भारतविरुद्धको उक्त भ्रमणपछि हसिब इंग्ल्यान्डको टोलीमा छैनन् । लियाम प्यार्टिसन व्वाइट ४९ बलमा ६ चौका सहित ३३ रनमा आउट भए ।

जेक लिब्बी १२, कप्तान विल रोड्स ११, लियडन जेम्स २७, रोबट याट्स र वासिन्टन सुन्दर एक एक रनमा आउट भए । १७ वर्षिय बायाँ हाते विकेटकिपर जेम्स रेले ३० बल खेल्दै २ रन जोडेका थिए । सुन्दर काउन्टी टोलीबाट खेलेका छन् । भारतका उमेश यादवले सर्वाधिक ३ विकेट लिए । मोहम्मद शिराजले २ विकेट लिए । जस्प्रित बुमराह, रविन्द्र जडेजा, अक्षर पटेलले र शार्दूल ठाकुरले एक एक विकेट लिएका छन् ।

त्यसअघि चेस्टर लि स्ट्रीटमा टस जितेर ब्याटिङ थालेको भारत ९३ ओभरमा ३ सय ११ रनमा अल आउट भएको थियो । कमजोर सुरुवात गरेको भारतलाई बलियो योगफलमा पुर्याउन विकेटकिपर लोकेश राहुलले १ सय ५० बलमा ११ चौका र १ छक्का सहित सर्वाधिक १ सय १ रन बनाउँदै रिटायर्ड आउट भए ।

रविन्द्र जडेजा १ सय ४६ बलमा ५ चौका र १ छक्का सहित ७५ रनमा क्याच आउट भए । ओपनर तथा कप्तान रोहित शर्मा ९, मयंक अग्रवाल २८, चेतेश्वर पुजारा २१ र हनुमा विहारी २४ रनमा आउट भए । शार्दुल ठाकुरले २० रन जोड्दा अक्षर पटेलले खाता खोल्न सकेनन् ।

काउन्टी सेलेक्ट इलेभेनका क्रेग मिल्सले १७.१ ओभरमा ४ मेडन सहित ४५ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका छन् । लियडन जेम्स र लियाम पार्टिसन व्हाइटले २–२ विकेट लिए । ज्याक क्रसनको नाममा एक एक विकेट रह्यो ।

इंग्ल्यान्डसँग पाँच टेस्ट सिरिज खेल्नुअघि भारतले भारतविरुद्ध हसिबको शतक । बिसिसिआईको विशेष अनुरोधमा इंग्ल्यान्ड क्रिकेट बोर्डले अभ्यासको व्यवस्था गरेको हो । इंग्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट चार अगष्टमा सुरु हुने छ ।



साभार

सम्बन्धित खवर