एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब रियल म्याड्रिडबीच हुने क्लासिको अन्तरगतको लेजेन्ड एल क्लासिकोमा रियलले जित हात पारेको छ ।

इजरायलस्थित ब्लुमफिल्ड स्टेडियममा मंगलबार राति भएको खेलमा रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै ३–२ को रोमाञ्चक जित हात पारेको हो । रियलको जितमा पेड्रो मुनिटिस, अलफन्सो पेरेज र रुबेन डे ला रेडले गोल गरेका थिए । बार्सिलोनाका रोनाल्डिन्हो र जोफ्रे माटिउले गोल गरे ।

खेलको २८औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । एन्टोनियो नुनेजले जेभियर साभिओलालाई पेनाल्टी बक्समा लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो ।

पहिलो हाफको अन्त्यतिर पेड्रो मुनिटिस र अलफन्सो पेरेजले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता लिएको थियो । त्यसपछि ६०औं मिनेटमा जोफ्री मटिउले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । ६९औं मिनेटमा रुबेन डे ला रेडले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए ।

उक्त खेलमा २५ हजार बढी समर्थकलाई मैदान प्रवश गराइएको थियो । बार्सिलोनाबाट रोनाल्डिन्होसँगै रिभाल्डोले पनि खेलेका थिए । रियलबाट रोबर्टाे कार्लाेस र लुइस फिगोलगायतले खेलेका थिए ।



साभार

सम्बन्धित खवर