अमेरिकाको टेक्सासस्थित एक महिला अस्पतालमा छोटो समयमा धेरै बच्चा जन्मिने कीर्तिमान कायम भएको छ ।

द एन्ड्रयू वुमन हस्पिटलमा गत जुन २४ देखि २८ को कुल ९१ घण्टाको बीचमा १०७ जना बच्चा जन्मिएका हुन् । उक्त अस्पतालमा यसअघि हरेक दिन औसतमा १६ जना बच्चा जन्मिने गरेकोमा सो चार दिनमा १०७ बच्चा जन्मिए ।

त्यसमध्ये जुन २४ पछि ४७ घण्टाभित्रमा ५२ जना बच्चा जन्मिएका थिए । त्यस्तै जुन २८ मा ४४ घण्टाको बीचमा थप ५५ जना बच्चा जन्मिए ।

अमेरिकाको टेक्सासमा रहेको निकै चर्चित प्रसूति अस्पतालको रुपमा रहेको सो अस्पतालमा बेलाबेलामा एकैदिनमा धेरै बच्चा जन्मिने गरेको भए पनि यतिधेरै बच्चा जन्मिएका थिएनन् ।

अस्पतालका अधिकारीहरुका अनुसार महामारीको लकडाउनका कारण गर्भवती हुने दरमा वृद्धि हुँदा अस्पतालमा बच्चा जन्मिने क्रममा पनि बढोत्तरी भएको हो ।

अस्पतालकी प्रसूति नर्स मिचेल स्टेम्लीका अनुसार पोहोरको क्वारेन्टाइनको अवधिलाई हेर्दा गत डिसेम्बर वा जनवरी ताका अत्यधिक बच्चा जन्मिने अनुमान गरिएको थियो । तर त्यतिबेला बच्चा जन्मिने क्रममा खासै वृद्धि भएन जुन अहिले आएर देखिएको छ ।

एजेन्सी

 



साभार

सम्बन्धित खवर