पाेखरा/ गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका तर्फबाट कृष्णचन्द्र नेपाली पाेखरेलले मुख्यमन्त्रीमा दाबी गरेका छन् ।

प्रदेश प्रमुख सीता पौडेलसमक्ष नेपाली काङ्ग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र बुझाएको हो ।

cura insider

No description available.

शुक्रबार नेपाली काङ्ग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११ , राष्ट्रिय जनमोर्चाका र जनता समाजवादी पार्टीका दुई-दुई र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालयमा पाेखरेलले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि उनी स्वतः पदमुक्त भएका छन् । त्यसपछि नयाँ मुख्यमन्त्रीमा दाबी गर्न प्रदेश प्रमुखले आजै आह्वान गरेकी थिइन् ।





साभार

सम्बन्धित खवर