काठमाडौँ / नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले सरकारको समृद्धिको लक्ष्य पूरा गर्नेमा केन्द्रित हुने प्रतिवद्धता जनाएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पदभार ग्रहण गरेपछि बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री थापाले सरकारले लिएको समृद्धिको लक्ष्य पूरा गर्नमा आफू केन्द्रित भएर काम गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

यस्तै मन्त्री थापाले सञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा सरकारले अघि सारेका योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिने बताइन् । उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गर्दै सरकारले राखेका लक्ष्य पूरा गर्न मन्त्रालयका काम कारवाहीलाई केन्द्रित गरे अघि बढ्ने बताइन् ।

मन्त्री थापाले यसअघिका पूर्व सञ्चारमन्त्रीहरूले अगाडि बढाएको कार्ययोजना पूरा गर्नमा पनि आफू लागिपर्ने बताउँदै सञ्चार मन्त्रालयलाई जनमैत्री मन्त्रालयको रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको सुनाइन् ।



साभार

सम्बन्धित खवर