काठमाडौँ / प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमिटी र जनसङ्गठनहरू २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउने घोषणा गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका हुन् ।

पार्टी एकतालाई रक्षा एवम् सुदृढ गर्न ६ बुँदे प्रस्तावसहितको आह्वान गर्दै उनले असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई फकाउने प्रयास गरेका छन् । एमालेकाे माधव नेपाल-झलनाथ खनाल समूहले छुट्टै पार्टी गठन गर्ने चेतावनी दिइरहेका बेला ओलीले नेपाल-खनाल समूहलाई अलग्गिन निदिने उद्देश्यले ६ बुँदै प्रस्ताव गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरूको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसङ्गठनहरू जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ । साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।

यस्तै उनले जारी गरेको विज्ञप्तिमा काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटबाट एमाले सांसदहरूको हस्ताक्षर फिर्ता लिने उल्लेख छ ।



साभार

सम्बन्धित खवर