नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

दुई नेताबीच अहिले वार्ता जारी रहेको माओवादी केन्द्रले जनाएकाे छ । गठबन्धन सरकारका विषयमा कुरा गर्न प्रचण्ड देउवा निवास गएका हुन् ।

गठबन्धन सरकार गठनका लागि राष्ट्रपतिले दिएको तीन दिने समयसीमा सकिनै लाग्दा बिहीबार दिनैभर राजनीतिक दौडधूप जारी छ । 

प्रचण्ड बूढानीलकण्ठ जानुअघि जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महताले देउवासँग भेटेका थिए । जसपा नेताहरूसँगकाे भेटपछि देउवाले आजै ४ बजेका लागि  पदाधिकारी बैठक बाेलाएका छन् । बैठकमा पूर्वपदाधिकारीहरूलाई पनि बोलाइएको बताइएकाे छ।

यता देउवासँग छलफल गरेपछि जसपाकाे महन्थ-राजेन्द्र समूहका सांसदहरूकाे छुट्टै बैठक बसिरहेकाे छ ।

काङ्ग्रेस पदाधिकारी बैठक बाेलाइनु, प्रचण्ड बूढानीलकण्ठ पुग्नु र जसपाकाे ठाकुर समूह पनि छलफलमा जुट्नुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ ।



साभार

सम्बन्धित खवर