काठमाडौँ / राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दाबी पेश नगरेको बताएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बहुमतको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमाभित्र कसैको पनि दाबी नपरेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको सोमबारको बैठकबाट विश्वासको मत प्राप्त नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिन बहुमतका आधारमा सरकार गठनका लागि दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी थिइन् ।





साभार

सम्बन्धित खवर