विराटनगर / चिप्स, फ्रेन्च फ्राइज तथा प्रशोधित र जङ्कफुडको सेवनले मोटोपना निम्त्याउने कुरा अधिकांशलाई थाहा छ ।

तर, मोटोपनाको बढ्दो जोखिमका साथै प्रशोधित र जङ्कफुडको सेवनले हड्डीलाई पनि असर गर्नसक्ने अध्ययनकर्ताहरूले चेतावनी दिएका छन् । इजरायलको हिब्रु विश्वविद्यालयको अन्वेषकहरूको टोलीले प्रोसेस्ड फुडको सेवनले हड्डीको गुणस्तर घटाउन सक्ने सम्बन्धलाई प्रमाणित गरेका छन् ।

विशेषगरी साना बच्चाहरूमा उनीहरूको विकास हुने समयमा यस्ता खानाले धेरै क्षति पु¥याउने पाइएको छ । प्रोसेस्ड फुड र हड्डीको गुणस्तरको सम्बन्ध पत्ता लगाउनका लागि अध्ययनकर्ताहरूले मुसामा अध्ययन गरेका थिए । अध्ययनमा प्रोसेस्ड फुड दिएका मुसाको विकास कम भएको र हड्डीको घनत्वमा र हड्डीको विकासमा क्षति भएको देखाएको थियो ।

थोरै परिमाणमा पनि प्रोसेस्ड फुडको सेवनले हड्डीको विकासमा निश्चित नकारात्मक असर पार्नसक्ने विश्वविद्यालयका प्राध्यापक इफ्राट मोन्सोनगो ओर्ननले बताएका छन् । साथै, यस्ता प्रोसेस्ड फुडको सेवनले हड्डीको विकासमा निम्त्याएको समस्याले पूरै शरीरमा असर पर्ने र हेरक अङ्गमा क्षतिको जोखिम बढ्ने ओर्ननको भनाइ छ ।



साभार

सम्बन्धित खवर