विराटनगर / इटालियन क्लब युभेन्टसले प्रशिक्षक आन्द्रे पिर्लोलाई सिजनको अन्त्यसँगै बर्खास्त गर्ने चर्चा चलेसँगै रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले उक्त स्थान लिनसक्ने सम्भावना बढेको छ । विभिन्न इटालियन मिडियाले रियलका प्रशिक्षक जिदानले पिर्लोको स्थान लिनसक्ने बताएका छन् ।

लिगको उपाधि गुमाइसकेको अवस्थामा युरोपका लागि सङ्घर्षरत देखिएपछि युभेन्टसले पिर्लोलाई बर्खास्त गर्नसक्ने देखिएको हो । युभेन्टस ११ वर्षयता पहिलो पटक सिरी ‘ए’को उपाधि जित्नबाट बञ्चित भएको छ । सन् २०११–१२ यता लगातार नौ पटक उपाधि जित्न सफल युभेन्टस पिर्लोले नेतृत्व गरेको अवस्थामा उपाधि जित्नबाट असफल भएको हो ।

अझ, युरोपका लागि पनि सङ्घर्ष गर्नुपरेपछि युभेन्टसले पिर्लोलाई बर्खास्त गर्ने योजना बनाएको इटालियन मिडियाले जनाएका छन् । युभेन्टसका अध्यक्ष आन्द्रे एन्जेलीले पिर्लोको भविष्यका विषयमा निर्णय लिने बताइएको छ ।

यस्तैमा युभेन्टसका पूर्व–खेलाडीसमेत रहेका जिदान युभेन्टसको मुख्य प्रशिक्षक बन्न सक्ने ला गजेट्टा डेल्लो स्पोर्ट्सले लेखेको छ । जिदानले सन् १९९६ देखि २००१ सम्म युभेन्टसका लागि खेलेका थिए ।



साभार

सम्बन्धित खवर