२७ वैशाख, विराटनगर । प्रदेश १ को प्रदेशसभाको सामाजिक विकास समितिले कोरोना महामारी रोकथाम र नियन्त्रणको पूर्वतयारीमा प्रदेश सरकार चुकेको निश्कर्ष निकालेको छ । समितिले संक्रमितको अवस्था र अस्पतालको अध्ययनपछि प्रदेश सरकार चुकेको निश्कर्ष निकालेको हो ।

समितिले झापा मोरङ र सुनसरीका अस्पतालको अनुगमन गरेको थियो । समिति सभापति सरिता थापाले भनिन्, ‘महामारीमा सरकारको तयारी सुस्त छ,’थापाले भनिन्,‘भोलि नै समितिको छलफलपछि सरकारलाई बुँदागत रुपमा निर्देशन दिन्छौं ।’

समिति सदस्य तथा नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीका अनुसार सङ्क्रमितले उपचार नपाइरहेको अवस्थामा सरकारले आफ्नो क्षेत्राधिकार भित्रको काम पनि गरेको छैन ।

संक्रमितले बेड नपाएर छटपटाइरहेको अवस्थामा प्रदेश सरकार आफ्नै अस्पताल बन्द गरेर बसेको बताए । ‘प्रदेश सरकारले ८० बेडको आफ्नै अस्पताल बन्द गरेको छ । चलाएको भए ठूलो राहत मिल्थ्यो,’ उनले भने,‘ निजी अस्पताललाई पनि निर्देशन दिनुपर्ने दिएको छैन ।’

अनुगमनका क्रममा अस्पताल सञ्चलकहरुले बेड अभाव भएको, औषधि नपाएको र अक्सिजन अभाव भएको बताएका थिए ।



साभार

सम्बन्धित खवर