विराटनगर / मधुमेह भएका मानिसमा कोरोना भाइरसको जोखिम धेरै हुने बताइएको छ । कोभिडलगायत अन्य सङ्क्रमणबाट बच्नका लागि शरीरको ‘इम्यूनिटी’ अर्थात् प्रतिरक्षा प्रणालीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । तर मधुमेह रोगीले अन्य मानिस जस्तो खान नहुने भन्ने मान्यता छ । मधुमेह भएका बिरामीलाई धेरैले खानपानमा विषयमा विभिन्न सल्लाह सुझाब दिइरहेका हुन्छन् ।

आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश शाह मधुमेह बिरामीले सुन्तुलित तरिकाले खाना खानुपर्ने सुझाउँछन् । मधुमेह पीडित व्यक्तिले खाने खानामा आफ्नो थालको दुई भाग सागसब्जी, एक भागमा अन्न (भात, रोटी वा अन्य) वा कन्दमुल, र बाँकीको एक भाग दाल तथा गेडागुडी समावेश गरिएको हुनुपर्छ ।

मधुमेह भएकाहरू सङ्क्रमितहरूको खानामा रोटी, पोलिस नगरेको चामलको भात (१–२ सानो गिलास) र खानामा तरकारीको मात्रा खाना जतिको वा सोभन्दा धेरै हुनुपर्छ । मधुमेहको समस्या भएकामा रक्तचाप, मुटरोगको जोखिम पनि बढी हुने हुँदा प्याकेटको खाना, फ्राइड खाना, तेल धेरै भएको खाना, परिष्कृत आँटाबाट बनेका खानेकुराको तथा जङ्क फुड नखाएर दैनिक ४ देखि ५ ग्राम मात्र नुनको सेवन गर्न उचित हुन्छ ।

खानामा हरियो सागसाब्जी तथा तरकारीको मात्रा बढाउनुका साथै रातो मासुको सेवन गर्नुभन्दा कुखुराको मासु वा माछाको सेवन गर्न सकिन्छ । मधमेहको समस्या भएका सङ्क्रमितले एकैचोटी धेरै खानुभन्दा पनि थोरै–थोरै गरी धेरै पटक खानु पर्छ । इम्युनिटी पावर बढाउन मधुमेहका रोगीलाई खानपानको साथसाथै नियमित शारीरिक व्यायाम, प्रशस्त मात्रामा पानी, राम्रो निद्रा र घाममा बस्नु पनि आवश्यक हुन्छ । जसले रगतमा चिनीको मात्रालाई सन्तुलन राख्न सहयोग पु¥याउँछ ।

हरेक खानापछि १० मिनेटको लागि हिड्न अति आवश्यक हुन्छ । कार्बोनेटेड पेय पदार्थ, धूम्रपान, मदिरालगायतका सुर्तिजन्य पदार्थको सेवनले समस्या थप जटिल बनाउन सक्ने हुँदा यसलाई त्याग्नु नै उचित हुन्छ । सङ्क्रमितले रगतमा चिनीको मात्रा समय समयमा जाँच गराइ नियमित सेवन गरिरहेको औषधिको बारेमा आाफ्नो डाक्टरसँग सल्लाह लिनुपर्छ ।



साभार

सम्बन्धित खवर