डा. नवराज सुब्बा

पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ ।

अस्पतालमा बेड अभाव हुन थालेपछि गम्भीर अवस्थाका कोरोना सङ्क्रमित, आइसियू र भेन्टिलेटरमा राख्नुपर्नेलाई मात्रै अस्पातलमा भर्ना गरिने हुँदा लक्षण नदेखिएका वा हल्कादेखि मध्यम लक्षण देखिएका अन्य सङ्क्रमितहरू पनि होम आइसोलेसनमा बस्दै आएका छन् । पुष्टि भइसकेका सङ्क्रमित मात्र नभई सङ्क्रमणको जोखिम ठाउँमा गएका तथा सम्भावित सङ्क्रमण भएका व्यक्ति होम आाइसोलेसनमा बस्नुपर्ने हुन्छ ।

सम्भावित सङ्क्रमण भएका व्यक्ति आइसोलेसनमा बसेमा अन्यलाई सङ्क्रमण सर्ने जोखिम कम हुन्छ । होम आइसोलेसनमा बस्दै आएका सङ्क्रमितमा लक्षण नहुन पनि सक्छ । कसैलाई ज्वरो, रुघाखोकी जस्ता सामान्य लक्षण देखिएर निको पनि हुन सक्छन् भने निकै कमको अवस्था गम्भीर हुने सम्भावना रहन्छ वा उनीहरूलाई गाह्रो हुन सक्छ ।

त्यसैले, हरेक सङ्क्रमित चिकित्सकको सम्पर्कमा रहन आवश्यक हुन्छ र सोहीअनुसार उनीहरूको उपचार गर्नुपर्ने हुन्छ । होम आइसोलेसनमा बसेका व्यक्तिले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन पानीले हात धुने तथा अरुको सम्पर्कमा आउन नहुने जस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

सङ्क्रमित व्यक्ति वा सम्भावित सङ्क्रमित हुनसक्ने व्यक्तिले प्रयोग गरेको शौचालयबाट सङ्क्रमण सर्न सक्ने सम्भावना हुन्छ । जसकारण सङ्क्रमित तथा घरका अन्य सदस्यले एउटै शौचालय प्रयोग गर्नु परेमा शौचालय राम्ररी सफा गर्नुपर्ने हुन्छ ।

सङ्क्रमित व्यक्तिले १४ दिनसम्मका लागि सम्भव भएसम्म अलग्गै कोठामा बस्नु पर्छ । यसले परिवारका अन्य सदस्यमा सङ्क्रमण फैलिने जोखिम कम हुन्छ । घरमा बसेका सङ्क्रमितले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ । सङ्क्रमित व्यक्तिले प्रयोग गर्ने सामान तथा सामग्रीको सरसफाइमा ध्यान दिनुपर्ने हुन्छ । सफा गरेपछि राम्ररी साबुनपानीले हात धुन पनि जरूरी हुन्छ ।

सङ्क्रमित व्यक्तिले पोषिलो खानेकुराहरूको सेवन गर्नुपर्ने, प्रशस्त मात्रामा तातो पानी तथा झोलिलो पदार्थ पिउनु पर्ने, बाफ लिने कुरामा ध्यान दिनु पर्ने हुन्छ । सङ्क्रमितले सकेसम्म छुट्टै शौचालयको प्रयोग गर्नुपर्ने हुन्छ र हरेक प्रयोगपछि शौचालयलाई फिनेललगायत अन्य डिसइन्फेक्टेन्टको प्रयोग गरेर सफा गर्नु पर्ने हुन्छ ।

सङ्क्रमित व्यक्ति वा सम्भावित सङ्क्रमित हुनसक्ने व्यक्तिले प्रयोग गरेको शौचालयबाट सङ्क्रमण सर्न सक्ने सम्भावना हुन्छ । जसकारण सङ्क्रमित तथा घरका अन्य सदस्यले एउटै शौचालय प्रयोग गर्नु परेमा शौचालय राम्ररी सफा गर्नुपर्ने हुन्छ । यसले भाइरस अरुलाई सर्ने सम्भावनालाई कम बनाउँछ । सङ्क्रमितले लगाएका लुगालाई पनि राम्ररी धोएर धाममा सुकाएमा त्यहाँ भएका सङ्क्रमण सार्ने जीवाणु मर्छन् ।

त्यस्तै, होम आइसोलेसनमा बस्दै आएका सङ्क्रमितले थर्मामिटरबाट तापक्रम नापिरहनुपर्ने हुन्छ, आफूमा देखेका लक्षण के कस्तो छ, कत्तिको समस्या बढ्दै छ भनेर मनिटर गरिरहनु पर्ने हुन्छ । अक्सिमिटरको सहयताले शरीरमा अस्सिजनको स्तर मापन गर्न सकिन्छ । समस्या बढ्दै गएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । हिजोआज फोनमार्फत पनि सजिलै चिकित्सकको परामर्श लिन सकिने अवस्था छ ।

सङ्क्रमित व्यक्तिले बेसार पानी, अदुवा पानी लगायतका घरेलु उपायहरू पनि अपनाउन सक्छन् । यी घरेलु उपाय सङ्क्रमणको उपचार होइनन् तर, यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउन मद्दत गर्ने हुन्छ । यसलाई पनि मात्रा मिलाएर खानुपर्ने हुन्छ । त्यस्तै, सङ्क्रमितमा देखिएका लक्षण वा सङ्क्रमणलाई निको पार्न सकिने भन्दै घरेलु उपाय भन्दै सामाजिक सञ्जालमा गलत र भ्रामक सूचना सार्वजनिक भइरहेका छन् ।

साथै, आफन्त, चिनेका मान्छे तथा साथीभाइले आफू सङ्क्रमित हुँदा खाएको औषधि अन्यलाई पनि खान सुझाव दिरहेको पाइन्छ । तर, त्यस्ता घरेलु उपायमा भर पर्न नहुने तथा सामाजिक सञ्जालमा लेखेका वा अन्य निको भएका सङ्क्रमितले प्रयोग गरेका औषधि सेवन गर्नु हुँदैन । हरेक मानिसमा भाइरसले फरक तरिकाले सङ्क्रमण गरेको हुन्छ ।

सङ्क्रमण फैलिएर छाती वा फोक्सोमा पुगेमा, कडा निमोनिया भएमा, श्वासप्रश्वासमा समस्या भएमा अन्य औषधि वा एन्टिबायोटिकको सेवनसमेत गर्नुपर्ने हुनसक्छ । साथै आवश्यक परेको खण्डमा अक्सिजनसमेत दिनुपर्ने हुनसक्छ । जसका लागि चिकित्सकको सल्लाहअनुसार नै औषधिको सेवन वा अन्य उपचार गर्नुपर्ने हुन्छ ।

सङ्क्रमित व्यक्तिले तनाव लिनु हुँदैन । सङ्क्रमण भएको कारण सङ्क्रमितमा डर, चिन्ता, तनाव लगायतका मानसिक असर पर्न सक्छ । यसका लागि परिवारका सदस्यहरूको साथ तथा काउन्सिलिङको सेवा लिनुपर्ने हुनसक्छ ।

सङ्क्रमित व्यक्तिले अनुशासित भएर होम आइसोलेसनमा मापदण्डको पालना गर्नुपर्ने हुन्छ । नयाँ भाइरस अत्यधिक सङ्क्रामक भएको हुँदा घरमा एक जना सङ्क्रमित भएमा अन्यलाई जोगाउन गाह्रो हुन्छ ।

सङ्क्रमितले लापरवाही गरे परिवारमा जोखिम बढ्ने

घरमा बस्दा सङ्क्रमित व्यक्तिले लापरवाही गरेमा वा सावधानी नअपनाएको खण्डमा परिवारका अन्य सदस्यहरूमा पनि सङ्क्रमण सर्ने जोखिम अत्यधिक हुन्छ । हिजोआज घरका एक सदस्यमा सङ्क्रमण पुष्टि भएमा प्रायः सबैमा सङ्क्रमण देखिन सक्छ । यसपटकको नयाँ भेरियन्टको भाइरस पहिलेको तुलनामा बढी सङ्क्रामक भएको पाइएको छ ।

त्यसैले, पहिलो लहरको सङ्क्रमणभन्दा बढी होस पु¥याउनुपर्ने हुन्छ । सङ्क्रमित व्यक्तिले अनुशासित भएर होम आइसोलेसनमा मापदण्डको पालना गर्नुपर्ने हुन्छ । नयाँ भाइरस अत्यधिक सङ्क्रामक भएको हुँदा घरमा एक जना सङ्क्रमित भएमा अन्यलाई जोगाउन गाह्रो हुन्छ । जसकारण पहिलाजस्तो लावरवाही नगरी होस पु¥याएर सतर्कता अपनाउनुपर्छ भनेर बुझ्नु जरुरी छ ।

सङ्क्रमितले आफू सुरक्षति हुनुका साथै आफ्नो कारणले अरूलाई रोग सार्नु हुँदैन भन्ने कुरालाई ध्यानमा राख्नु पर्छ । त्यसैले, सङ्क्रमित व्यक्तिले लगभग १० देखि १४ दिनसम्म वा आफूमा देखिएका लक्षण नहराएसम्म होम आइसोलेसनमा मापदण्डको पालना गरेमा आफू र आफ्ना परिवारमा हुनसक्ने जोखिमबाट बचाउन सकिन्छ ।

सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न वा रोक्नका लागि सङ्क्रमितले मात्र नभई परिवारका अन्य सदस्यले पनि उत्तिकै ध्यान दिनुपर्ने हुन्छ । परिवारका अन्य सदस्यले सङ्क्रमितको सेवा गर्दा वा छेउमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने हुन्छ । र, सङ्क्रमितको सेवा गरेपछि साबुनपानीले हात धुनुपर्छ । सङ्क्रमित भएको भन्दैमा भेदभाव गरेर मानसिक दवाव दिनु हुँदैन ।

एक्लै अलग्गै बस्नु पर्ने, छुनै नहुने, छेउमै बस्न नहुनेजस्ता हीन भावनाले सङ्क्रमितमा मानिसमा तनाव सिर्जना गराउन सक्छ । सङ्क्रमितलाई सहयोग चाहिएमा, उनीहरूको सामान्य काम गरिदिँदा वा बोल्दा मास्क लगाएमा र दुई मिटरको दूरी कायम गरे सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ । साथै, सङ्क्रमितलाई छुनु पर्ने भएमा उनीहरूलाई मद्दत गरिसेकपछि साबुनपानीले हात धुने गर्नुपर्छ ।

अरुलाई सर्न सक्ने जोखिम हुने हुँदा र रोग निको नभएसम्मका लागि मात्र यसरी छुट्टै बसेको भनेर सम्झाई सङ्क्रमितको मनोवल बढाउनु पर्छ ।

(जनस्वास्थ्य विशेषज्ञ डा. सुब्बासँग अङ्किता ताम्राकारले गरेको कुराकानीमा आधारित)



साभार

सम्बन्धित खवर