काठमाडाैँ / अविश्वासको प्रस्तावको सामना गररिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

सोमबार अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । गुरुङले आइतबार नै राजीनामा दिएका हुन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको अविश्वासको प्रस्तावमा सोमबार मतदान गर्ने कार्यसूची थियो ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले राजिनामा दिएका मुख्यमन्त्री गुरुङलाई धन्यवाद दिदै अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा (३) बमोजित कामचलाउ मन्त्रिपरिषदले कार्यसञ्चालन गर्नेगरी जिम्मेवारी दिएकी छन् ।

प्रदेश प्रमुखले तीन दिन भित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।





साभार

सम्बन्धित खवर