उदयपुर / दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै जान थालेपछि उदयपुर जिल्ला प्रशासनले आज (शुक्रबार) देखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा लगाएको छ ।

निषेधाज्ञा जारी भएपछि प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द हुने छन् । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।

पत्रकार तथा सञ्चारकर्मीले भने सूचना विभागको परिचयपत्र वा सम्बन्धित मिडियाहाउसको परिचयपत्र लिएर समाचार सङ्कलनमा निस्कन सक्नेछन् । विवाहमा १५ जनासम्म जन्ती भेला हुन पाइनेछ ।
बिहीबार प्रजिअसहित सुरक्षा प्रमुख, राजनीतिक दल, स्थानीय पालिकाका जनप्रतिनिधिसहित बसेको डिसीसीएमसीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । रासस



साभार

सम्बन्धित खवर