काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेदरल्यान्ड्सले सुरुवाती ३ ओभरमा २ विकेट गुमाउँदै १२ रन बनाएको छ ।नेदरल्यान्ड्सका ओपनर स्कर्ट एडवार्डस् २ र बास डी लिडे क्रिजमा छन् ।

दोस्रो ओभरको अन्तिम बलमै ओपनर म्याक्स ओडोवडलाई स्पिनर सन्दीप लामिछानेले १० रनमा एलबिडब्लू आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सोमपाल कामीले तेस्रो ओभरको चौथो बलमा बेन कुपरलाई शून्यमा एलबिडब्लू आउट गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका हुन् ।

नेपालले आजको खेलमा ओपनर आसिफ शेख, कुशत भुर्तेल र स्पिनर साहब आलमलाई डेब्यू गराएको छ । साहबले नेपाली टोलीमा पहिलो पटक डेब्यू गर्दा कुशल र आसिफले टि२० आईमा डेब्यू गरेका हुन् ।

नेपालको प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल र साहब आलम ।

ad



साभार

सम्बन्धित खवर