सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने चार जना सांसदलाई कारवाही गर्ने भएको छ ।

शुक्रबार भएको मतदानमा चार जना सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए । चार जना सांसदले मतदान गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ । प्रदेशसभा बैठकपछि आकश्मिक रुपमा बोलाइएको संसदीय दलकाे बैठकले फ्लोर क्रस गर्ने सांसदलाई कारवाहीको लागि सिफारिस गर्ने तयारी गरेकाे हाे ।

प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।



साभार

सम्बन्धित खवर