विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश– १ ले संस्थागत क्षमता अभिवृद्धिका लागि स्वः लेखाजोखा कार्यक्रम आयोजना गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ / कृषि उद्यम केन्द्रले समृद्धि परियोजनाको सहयोगमा सो कार्यक्रमको आयोजना गरेको हो ।

Padelux insidercura insider

कार्यक्रम सुभारम्भ गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ अध्यक्ष टिकाराज ढकालले कार्यक्रमबाट प्रदेशको आगामी कार्य योजना बनाउन मद्दत पुग्ने बताए ।

प्रदेशमा रहेका जिल्ला नगर उद्योग वार्णिज्य संघको संस्थागत क्षमता अभिवृद्धिलगायत सचिवालय सुद्ददढिकरण गदै जाने उनले बताए ।

छलफलमा महासङ्घका केन्द्रीय सदस्य नरेन्द्रकुमार खडका, रामेश्वर मानन्धर, गजेन्द्रकुमार भगत र प्रदेशका पदाधिकारी र सदस्यहरुको उपस्थित रहेको राधारमण भण्डारीले जानकारी दिए ।



साभार

सम्बन्धित खवर